PRABHU BANK

राष्ट्रिय वाणिज्य बैंकको कर्मचारीमा कोरोना संक्रमण पुष्टि, बैंकका सबै सेवा अनिश्चितकालका लागि बन्द

Rastriya Banijya Bank
  • बैंकिङ संसार
डोटी । राष्ट्रिय वाणिज्य बैंकको कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बैंकको डोटी जिल्लाको सिलगढी शाखामा कार्यरत केही कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै उक्त शाखा कार्यालयको सबै सेवा अनिश्चितकालका लागि बन्द गरिएको डोटी शाखाले जनाएको छ ।
यस्तै अन्य कर्मचारीको स्वाब सङ्कलन गरी परीक्षणका लागि जिल्ला अस्पतालको ल्याबमा पठाइएको पनि बैंकले जनाएको छ । काले उक्त नतिजा नआउन्जेलसम्मका लागि बैंकिङ सेवा बन्द हुनेछन् । सेवा बन्द गरिएको जानकारी दिइए पनि आफ्ना कुन कुन ठाउँका र कति जनामा कोरोना सङ्क्रमण भयो भन्ने विषयमा बैंकले खुलाएको छैन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै