PRABHU BANK

एनएमबि बैंकद्धारा २० लाख कित्ता ऋणपत्र बिक्री खुला, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंक लिमिटेडले ऋणपत्र बिक्री खुल्ला गरेको छ । बैंकले २ अर्ब रुपैयाँ बराबरको ‘८.५ प्रतिशत एनएमबि डिबेन्चर २०८७/८८’ नामक ऋणपत्रको बिक्री खुल्ला गरेको हो । बैंकले जेठ २ गते आइतबारदेखि १ हजार रुपैयाँ अंकित दरका २० लाख कित्ता ऋणपत्रको बिक्री खुला गरेको हो । जसमध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने भएको छ भने बाँकी रहेको ८ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्ने बैंकले जनाएको छ ।
८ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याएको बैंकले जानकारी गराएको छ । उक्त ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने भएको छ । ऋणपत्र निष्कासन छिटोमा जेठ ५ गते र ढिलोमा जेठ १६ गतेसम्म बन्द हुने गरी तोकिएको छ । बैंकको यस ऋणपत्रको अवधि १० वर्षको रहेको छ । जसमा वार्षिक ८.५ प्रतिशत ब्याज पाइनेछ ।
बैंकले ऋणपत्र निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्युअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ । सो रेटिङ्ग प्राप्त गर्ने संस्थालाई समयमै वित्तीय दायित्व पूरा गर्नेमा सुरक्षित रहेको संस्थाको रुपमा लिइन्छ । बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । यससँगै लगानीकर्ताले मेरो सेयरमार्फत अनलाइन र नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि(आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै