PRABHU BANK

दस वटा ठूला बैंकको अन्तर्राष्ट्रिय लेखापरीक्षण पुन: एक महिना थप

काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशका दश वटा ठुला वाणिज्य बैंकहरुको अन्तराष्ट्रिय लेखापरिक्षणका लागि प्रस्ताव पेश गर्ने समय अवधि पुन: थप गरेको छ । राष्ट्र बैंकले १० ठूला बैंकको अन्तर्राष्ट्रिय लेखापरीक्षण गर्न योग्य अडिटरबाट प्रस्ताव पेश गर्न भने पनि प्रस्ताव नपरेपछि लेखापरीक्षण कार्य १ महिनाका लागि थप गरेको हो ।

सार्वजनिक खरिदको कानुनी प्रबन्धअनुसार यस्तो कबोल प्रस्ताव सार्वजनिक खरिद कार्यालयको संरचनाअनुसार गर्नुपर्ने हुन्छ। तर, राष्ट्र बैंकले तयार पारेको आह्वानमा त्रुटि भएका कारण प्रस्ताव पेश गर्ने समय अवधि दोस्रोपटक थप गरिएको छ ।

यसअघि पनि देशका १० ठूला इबैँकको लेखापरीक्षण गर्न सर्टलिस्टमा परेका विदेशी अडिटरले प्रस्ताव पेश नगरेपछि समय थपिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै