PRABHU BANK

वाणिज्य बैंकहरुको ब्याजदर घट्यो !

काठमाडौँ । वाणिज्य बैंकहरुले साउन महिनाका लागि ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरुले साउन महिनाका लागि निक्षेपको ब्याजदर ०.१४ बिन्दुले घटाएका हुन् ।

बैंकहरुको औसत ब्याजदर असारमा ६.८७ प्रतिशत रहेको थियो । तर, बैंकहरुको औसत ब्याजदर साउनमा ६.७३ प्रतिशतमा कायम भएको छ । जुन अघिल्लो महिनाको तुलनामा अहिलेको ब्याजदर ०.१४ ले कम हो ।

२० वाणिज्य बैंकमध्ये साउनमा १३ बैंकले ब्याजदर घटाएका छन् भने ५ बैंकहरुले अघिल्लो महिनाको ब्याजदरलाई निरन्तरता दिएका छन् । त्यसैगरी दुई वाणिज्य बैंकहरुले साउनमा ब्याजदर बढाएका छन् ।

यता ब्याजदर घाटाउनेमा राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, नेपाल बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, सानिमा बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, सिद्धार्थ बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एशिया बैंक र हिमालयन बैंक रहेका छन् । त्यस्तै, नेपाल एसबिआई बैंक, लक्ष्मी सनराइज बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

कृषि विकास बैंक र एभरेष्ट बैंकले भने साउनमा ब्याजदर बढाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै