PRABHU BANK

सिटिजन्स बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेजको सेवामा १५ प्रतिशत छुट

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बसुन्धरा, काठमाण्डौस्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरबीच छुट सम्बन्धी सम्झौता भएकाे छ । सम्झौता पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरमा १५ प्रतिशत सम्मको छुट पाउनेछन् भएका छन् ।

सहकार्यबाट बैंकका ग्राहकहरु लभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंककाे विश्वास रहेकाे छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउने गरेकाे छ ।

सिटिजन्स बैंकले देशैभरी रहेका १९४ वटा शाखा, १५७ वटा ए.टि.एम., ३ विस्तार काउन्टर र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइ रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै