PRABHU BANK

एनएमबि बैंकको बचतमा वाणिज्य बैंकहरु मध्येकै सर्वाधिक ब्याज

NMB-Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंकले सबैभन्दा बढी ब्याज प्रदान गरीरहेकोे छ । बचत खातामा उच्च ब्याज प्रदान गर्दै आएको एनएमबि बैंकले अहिले आफ्ना ग्राहकहरुलाई बचत खातामा उच्च ब्याज प्रदान गर्ने उद्देश्यले ५.६० प्रतिशतसम्म वार्षिक ब्याजदर तोकेको छ जुन वााणिज्य बैंकहरुले प्रदान गरिरहेको मध्येकै सर्वाधिक ब्यााज हो । बैंकले मुद्दतीमा भने ८.३० प्रतिशतसम्म वार्षिक ब्याज प्रदान गर्ने उल्लेख गरेको छ ।
‘हाल मुख्यतया बैंकहरुले कर्जा सापटीमा केन्द्रित रहेकोे देखिएता पनि एनएमबिले भने स-साना निक्षेपकर्ताहरुलाई मर्का नपरोस भन्ने उद्देश्यले बचतमा अधिकतम ब्याजको योजना अघि सारेको हो’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै