PRABHU BANK

सिटिजन्स बैंकका ग्राहकलाई भवानी हस्पिटलको सेवामा १५ प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगञ्जस्थित श्री भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरबीच ग्राहकहरूलाई विशेष छुट दिने बारे सम्झौता भएको छ ।

समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरको सेवामा १५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंको विश्वास छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै