prabhu

एनआइसी एसिया बैंकद्वारा मास्टरकार्ड सेवाको उद्घाटन, पस टर्मिनल र एटिएममा प्रयोग गर्न सकिने

काठमाडौँ। एनआइसी एसिया बैंकले पोखराबाट मस्टरकार्ड डेविटकार्डको सुरुआत गरेको छ । बैंकले अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक कम्पनी मास्टर कार्डसँगको सहकार्यमा उक्त सुविधा थप गरेको हो ।

योसँगै पस टर्मिनल र एटिएममा अब मास्टर डेबिट तथा क्रेडिट कार्डको प्रयोग गर्न सकिने भएको बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्माले बताएका छन् ।

शर्माले यो सेवापछि कारोबार सुरक्षित हुने भन्दै, ‘यसबाट हाम्रो सेवालाई अझै सुरक्षित र सहज बनाउने छ । सेवाग्राहीले विना झन्झट सेवा लिन पाउनेछन्,’ उनले भने, ‘हाम्रो लागि पनि यो महत्त्वपूर्ण र ठुलो उपलब्धि हो ।’

यसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाहरूले जारी गरेको मास्टर डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी ग्राहकले एनआइसी एसिया बैंकको पस टर्मिनलमार्फत भुक्तानी गर्न तथा एटिएम मेसिनबाट नगद निकाल्न र मौज्दात सोधपुछको सुविधा लिन सकिने भएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै