DISH HOME

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको चालु आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक

Rastriya Banijya Bank
  • बैंकिङ संसार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो । बैंकले यस अवधिमा ३ अर्ब ७९ करोड खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद मुनाफा ४ अर्ब ३७ करोड रुपैयाँआर्जन गरेको थियो ।
यस्तै बैंकको खुद ब्याज आम्दानी ८ अर्ब २४ करोड रुपैयाँ रहेको छ भने कुल संचालन आम्दानी ९ अर्ब ७६ करोड रुपैयाँ रहेको छ । बैंकको गत वर्षको सोही अवधिमा भने खुद ब्याज आम्दानी ९ अर्ब ४५ करोड रुपैयाँ र कुल संचालन आम्दानी १० अर्ब ७० करोड रुपैयाँ रहेको थियो । यसैगरी संचालन नाफा ५ अर्ब ९ करोड रुपैयाँ, कूल समग्र आम्दानी ६ अर्ब ३७ करोड रुपैयाँ र वितरणयोग्य मुनाफा ४ अर्ब ५२ करोड रुपैयाँ रहेको छ ।
बैंकको गत वर्षको सोही अवधिमा संचालन नाफा ५ अर्ब ९४ करोड रुपैयाँ , कूल समग्र आम्दानी २ अर्ब ४८ करोड रुपैयाँ र वितरणयोग्य मुनाफा ४४ करोड ७७ लाख रुपैयाँ रहेको थियो । २०७८ आषाढ मसान्तमा बैंकको ग्राहक निक्षेप २ खर्ब ६४ अर्ब र खुद कर्जा तथा सापट १ खर्ब ९४ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही मितिको तुलनामा बैंकको निक्षेपमा १४.३७ प्रतिशत र कर्जा तथा सापटमा २५ प्रतिशतले वृद्धि भएको हो ।
आर्थिक वर्ष २०७७/७८ मा बैंकको सेयरधनी कोष ७ अर्ब १५ करोडले वृद्धि भई ३० अर्ब १८ करोड र कुल सम्पत्ति ४४ अर्ब रुपैंयाले वृद्धि भई ३ खर्ब १० अर्ब पुगेको छ । २०७८ आषाढ मसान्तसम्ममा पुँजी कोष अनुपात १४.३१ प्रतिशत, कर्जा तथा निक्षेप र पुंजी अनुपात ६६.८१ प्रतिशत, आधार दर ५.४१ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ३.०७ प्रतिशत, व्याजदर अन्तर ४.३७ प्रतिशत, कोषको लागत दर ३.२४ प्रतिशत तथा प्रतिशेयर आम्दानी ४१.३२ रहेको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै