PRABHU BANK

‘रेमिट्यान्स पठाउँदा औपचारिक बैंकिङ माध्यमको प्रयोग गरौँ’: डेपुटी गर्भनर मिश्र

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्रले विदेशबाट नेपालमा पैसा पठाउँदा औपचारिक बैंकिङ माध्यमको प्रयोग गर्न आग्रह गरेका छन् । शनिबार अष्ट्रेलियाको सिड्नीमा आयोजित एक कार्यक्रममा बोल्दै डेपुटी गर्भनरले यस्तो आग्रह गरेका हुन् ।

मिश्राले कुनै पनि विदेशी व्यक्ति तथा गैर आवासीय नेपालीहरूले नेपालमा लगानी गर्दा त्यहाँ गरेको मुनाफा मुलुक बाहिर लैजान समस्या नहुने भन्दै नेपाल राष्ट्र बैंकले यसमा सहजीकरण गर्ने बताएका छन् ।

नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासङ्घ र गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियाको संयुक्त आयोजनामा सिड्नीमा आयोजित ‘नेपाली अर्थतन्त्रको लगानी सम्भावना र बैंकिङ सेवाहरू बुझ्दै’ कार्यक्रममा लगानी र रेमिट्यान्सका विषयमा छलफल भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै