PRABHU BANK

१० महिनामा विकास बैंकहरूको नाफा ३ अर्ब बढी, सबैभन्दा धेरै नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक

काठमाडौँ । विकास बैंकहरूले १० महिनामा ३ अर्ब १७ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनामा १२ विकास बैंकले उक्त खुद नाफा आर्जन गरेका हुन् । सो अवधिमा ५ वटा विकास बैंकले भने घाटा व्यहोरेका छन् ।

नाफा कमाउनेको अग्रस्थानमा मुक्तिनाथ विकास बैंक रहेको छ । मुक्तिनाथले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म करिब ९९ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

त्यस्तै, गरिमा विकास बैंकले ७५ करोड ७४ लाख र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ५८ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

सोही अवधिमा सबैभन्दा कम नाफा कमाउनेमा एक्सेल डेभलपमेन्ट बैंक रहेको छ । यता सप्तकोसी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सलपा विकास बैंकले पनि कम नाफा कमाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै