PRABHU BANK

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको शाखा कार्यालय वीरगंजमा पनि

shangri-la Development bank
  • बैंकिङ संसार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै पर्साको बीरगंजस्थित लिंकरोडमा शाखा संचालनमा ल्याएको छ । बैंकले आज (२०७८/६/४) सो शाखा संचालनमा ल्याएको हो । 
वीरगंज शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । योसँगै बैंकको कुल शाखा संख्या ९७ पुगेको छ ।
बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैंकिङ सेवा लिने वातावरण बन्नेमा बैंक विश्वस्त रहेको छ । 
बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको समेत बैंकले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै