PRABHU BANK

‘बजेट समयसापेक्ष भएर आयो’: अध्यक्ष केसी

काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बजेट समयसापेक्ष भएर आएको बताएका छन् । काठमाडौंमा बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटमा समावेश भएका विषयहरूमा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विषम परिस्थितिमा पनि आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट सन्तुलित तथा समयसापेक्ष भएर आएको बताएका हुन् ।

अध्यक्ष केसीले सामाजिक सुरक्षा कोषमा लाग्ने दोहोरो कर हटाउनुपर्ने, निष्क्रिय कर्जा अनुपात बढ्दै जाँदा बैंकलाई कर छुट दिनुपर्ने जस्ता सुझाव राखिएपनि पूरा नभएको गुनासो उनले गरका छन् ।

बैंकको सुरक्षा लगायतमा सचेतना कार्यक्रम गर्ने लक्ष्य बजेटमै आउँदा बैंकिङ क्षेत्रको मनोबल बढेको अध्यक्ष केसीले उल्लेख गरेका छन् । उनले आगामी दिनमा मौद्रिक नीतिले केही विषयहरूलाई अगाडि बढाउँदा बजेटले लिएका लक्ष्य पूरा गर्न सहज हुने जानकारी दिएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै