PRABHU BANK

कामना सेवा विकास बैंकको वार्षिक साधारणसभा आज हुँदै

kamana sewa bikas bank
  • बैंकिङ संसार
काठमाडौं । कामना सेवा विकास बैंकको साधारणसभा आज मंगलबार कात्तिक २३ गते हुने भएको छ । सभा पार्क भिलेज रिसोर्ट बूढानीलकञ्ठ काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुने भएको हो । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि रहेको छ ।
यसैगरी अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्नेरगाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफारनोक्सान र नगद प्रवाहमाथि छलफल गर्ने एजेण्डा पनि रहेको छ । जसकारण कात्तिक ९ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभा भाग लिन र लाभांश पाउनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै