PRABHU BANK

सांग्रिला डेभलपमेन्ट बैंक र अपोलो हस्पिटल बिच सम्झौता, ग्राहकले १० प्रतिशत छुट पाउने

काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र अपोलो हस्पिटल बिच अम्झौता भएको छ । आइतवार बैंक र हस्पिटल बिच ग्राहकलाई सेवामा १० प्रतिशत सम्म छुट दिने वारे सम्झौता भएको हो ।

उक्ता सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुगोग श्रेष्ठ र अपोलो हस्पिटलको तर्फबाट अपोलो सूचना केन्द्रका प्रमुख कार्यकारी अधिकृत अभिषेक दुगरले हस्ताक्षर गरेका छन् ।

अपोलो हस्पिटलले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई १० प्रतिशत सम्म छुट दिने बैंकले जनाएको छ ।

साथै अपोलो मेन हस्पिटल चेन्नई, अपोलो क्यानस इन्ष्टिच्यूट चेन्नई, हैदराबाद, बैंगलोर, मुम्बई, न्यु दिल्ली, कोलकाता जस्ता अपोलो हस्पिटलका संजालहरुमा समेत यो सेवा उपलव्ध गराइने भनिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै