PRABHU BANK

आँधिखोला लघुवित्तद्धारा पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक

aadhikhola laghubitta

  • बैंकिङ संसार 

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीले पहिलो त्रैमाससम्मका ९३ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष कम्पनीले यसै अवधिमा ६६ लाख ६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

जुन गत वर्षको तुलनामा यस वर्याको नाफा ४१.४४ प्रतिशतले बढी हो । यस्तै गत वर्ष १ करोड ५३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले १८.३० प्रतिशतले बढाएर १ करोड ८१ लाख रुपैयाँ पुर्याएको छ । यसैगरी कम्पनीले सञ्चालन नाफा पनि ५.५३ प्रतिशतले बढाएर ९१ लाख रुपैयाँबाट बढाएर ९६ लाख रुपैयाँ पुर्याएको छ ।

कम्पनीले असोज मसान्तसम्म ३९ करोड ४८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हाल यसको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै