PRABHU BANK

जनरल इन्स्योरेन्स कम्पनीले नाफामा गर्यो ६१.२५ प्रतिशतको आकर्षक प्रगति

  • बैंकिङ संसार
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कमपनीले पहिलो त्रैमाससम्म आइपुग्दा ३ करोड ८३ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
जुन नाफा अघिल्लो वर्षको तुलनामा ६१.२५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले २ करोड ३७ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै कम्पनीको बिमा कोषको आकार पनि ९२.०६ प्रतिशतले बढेर १२ करोड ८ लाख ५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको बिमा कोषको आकार ६ करोड २९ लाख रुपैयाँ रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै