प्रभु बैंकका ग्राहकलाई न्युरो कार्डियो एण्ड मल्टि स्पेसलिटी हस्पिटलमा स्वस्थ सेवाहरूमा विशेष छुट

काठमाडौँ । प्रभु बैंक र न्युरो कार्डियो एण्ड मल्टि स्पेसलिटी हस्पिटल बीच स्वस्थ तथा अन्य सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको  छ । बैंक र हस्पिटल बीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई विराटनगर मोरङ्ग स्थित न्युरो कार्डियो एण्ड मल्टि स्पेसलिटी हस्पिटल (एनसिएमएचपिएल) बीच अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडी टिकट बाहेक सिटिस्क्यान, न्युरोसर्जरी, न्युरो आईसीयू, अर्थोपेडिक सर्जरी, यमआरआई, प्रसूति तथा स्त्री रोग, क्याथ प्रयोगशाला, ल्याप्रोस्कोपी सर्जरी, न्युरो नेभिगेसन स्टेल्थ लगायतका स्वस्थ तथा अन्य सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरूले प्रभु बैंकको मान्य डेबिट कार्ड,  क्रेडिट कार्ड तथा क्यूआर प्रणाली द्घारा न्युरो कार्डियो एण्ड मल्टि स्पेसलिटी हस्पिटल प्रालि (बिएम) लाई भुक्तानी गर्नुपर्ने हुन्छ ।

नेपालको निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक न्युरो कार्डियो एण्ड मल्टि स्पेसलिटी हस्पिटलले निरन्तर स्तरिय न्यूरो कारडियो सम्बन्धित स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ र आकस्मिक उपचार देखि सघन उपचार लगायतका स्वस्थ सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ ।

स्वास्थ्यप्रति जागरुक नागरिकहरूका लागि न्युरो कार्डियो एण्ड मल्टि स्पेसलिटी हस्पिटल प्रालि (एनसिएमएचपिएल) मा विभिन्न स्वास्थ्य परीक्षणका प्याकेजहरू मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरूमा प्रभु बैंक लिमिटेडका ग्राहक तथा सेयरहोल्डरलाई १० प्रतिशत र प्रभु बैंकका कर्मचारीहरूलाई १५ प्रतिशत सम्मको  छुट व्यवस्था रहेको छ ।

एक समारोहका बीच न्युरो कार्डियो एण्ड मल्टि स्पेसलिटी हस्पिटल प्रालि (एनसिएमएचपिएल) का संचालन निर्देशक राजेश भट्टराई र प्रभु बैंक गोल्छा चोक शाखा प्रमुख प्रशान्त कुमार झा (बिएम)ले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन्  ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्