National

लक्ष्मी सनराइज बैंकको २ वटा शाखा स्थानान्तरण, बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने बैंकको विश्वास

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ । बैंकले काठमाडौँ उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको हो ।

बैंकले काठमाडौँ महानगरपालिका वडा नं १७ खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा काठमाडौँको नागार्जुन नगरपालिका वडा नं १६ स्थित खरिबोट बनस्थलिमा स्थानान्तरण गरेको हो ।

त्यस्तै, काठमाडौँ महानगरपालिकाको वडा नं २६ स्थित गोङ्गबु शाखा सोही नगरपालिकाको नयाँ बसपार्क नजिकै ल्होत्से मलमा स्थानान्तरण भएको छ । स्थानान्तरण गरिएका साविकका खुसिबु र गोङ्गबु शाखाका ग्राहकहरूले सोही क्षेत्रमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्नेछन् ।

स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ सेवाको पहुँच अझ सहज अनि व्यापक बनाउने विश्वास राखेको छ ।

हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५८ शाखा, ३२१ एटिएम, २८ एक्सटेन्सन काउन्टर र १३१ शाखारहित बैंकिङ एजेन्ट रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै