PRABHU BANK

सनराइज बैंकको १५औं साधारणसभा वार्षिक सम्पन्न, मर्जर प्रस्ताव पारित

sunrise bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंक लिमिटेडको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको साधारणसभा असार ३ गते बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न भएको हो ।
उक्त साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण २०७९ साल असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण पारित गरेको छ । साथै, सनराइज बैंक लिमिटेड र लक्ष्मी बैंक लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी संचालक समितिको विशेष प्रस्ताव पारित गरेको छ ।
प्रस्ताब अनुरुप सनराइज र लक्ष्मी बैंक बराबरी हैसियतमा मर्जरमा जाने प्रस्ताब पारित गरिएको छ । आइतबार सम्पन्न साधारण सभाले लक्ष्मी बैंकसँग मर्ज गर्ने विशेष प्रस्ताव पारित गरेसँगै एकीकृत कारोबारका लागि थप प्रक्रिया अघि बढाएको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै