PRABHU BANK

आँधिखोला लघुवित्त वित्तीय संस्थाद्वारा २०% लाभांश घोषणा

adhikhola laghubitta
  • बैंकिङ संसार
काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई २०% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १९% बोनस सेयर र कर तिर्न १% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन् ।
कम्पनीले हाल कायम १० करोड रुपैयाँ चुक्ता पूँजीमा उक्त बोनस तथा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै