PRABHU BANK

कामना सेवा विकास बैंकको बोनस सेयर सूचीकृत

kamana sewa bikas bank
  • बैंकिङ संसार
काठमाडौं । कामना सेवा विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको चुक्ता पूँजीको ४.४१ प्रतिशत अर्थात १३ लाख ८५ हजार ८७६ कित्ता बोनस सेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो ।
काठमाडौं-३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानहरुमा १३४ वटा शाखा, १ विस्तारित शाखा र २१ शाखा रहित बैंकिङ सेवा तथा ७६ वटा एटीएम मार्फत ग्राहकलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।
साथै, बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ सीआश्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै