PRABHU BANK

ग्लोबल आइएमई बैंकका कर्मचारीलाई वातावरण तथा सामाजिक जोखिम व्यवस्थापन तालिम प्रदान

global ime bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, कर्जा विभागमा कार्यरत करिव ४ सय कर्मचारीलाई अन्तर्राष्ट्रिय वित्त निगम (IFC) ले वातावरण तथा सामाजिक जोखिम व्यवस्थापन विषयक तालिम सम्पन्न गरेको छ ।
उक्त तालिम ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्तिय निगमको सहकार्यमा सम्पन्न भएको हो । कार्यक्रम विशेष गरेर आइएफसी परफरमेन्स स्टयान्डर्डस् र असल वातावरण तथा सामाजिक जोखिम व्यवस्थापनमा केन्द्रित रहेको थियो । तालिम कार्यक्रमलाई आइसीएफसीका वातावरण तथा सामाजिक जोखिम विज्ञहरुले संचालन गरेका थिए ।
अन्तराष्ट्रिय रुपमा प्रयोग भइरहेका असल वातावरण तथा सामाजिक अभ्यास, संस्थागत शुसासन लगायतका विषयहरुबाट बैंकको कर्जा विभागमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि भई समग्र बैंकिङ क्षेत्र लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै