- बैंकिङ संसार
काठमाडौं । जाल्पा लघुवित्त वित्तीय संस्थाले आउँदो शुक्रबारदेखि ५ करोड २२ लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने भएको छ ।
प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा जाल्पाले ५ लाख २२ हजार कित्ता आइपीओ जारी गर्नेछ । यसमध्ये ८ हजार कित्ता कर्मचारीहरुका लागि र २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले यसमा माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्मा आइपीओ बिक्री नभएमा फागुन ६ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतमा ५ हजार २२० कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ । बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।