prabhu

सांग्रिला डेभलपमेन्ट बैंकमा यसरी मिचियो बाफिया, तर ‘गैरकानुनी’ काम गर्नेलाई भएन कारवाही (प्रमाणसहित)


  • बैंकिङ संसार सम्बाददाता 
काठमाडौँ- सांग्रिला डेभलपमेन्ट बैंकमा नियम विपरित एउटा बैंकबाट कर्जा लिएर प्रमोटर सेयर किनिएको खबर बैंकिङ संसार डटकमले प्रकाशित गरेपछि सांग्रिला डेभलपमेन्ट बैंकका अन्य कर्तुतहरु पनि एक-एक गरी सार्वजनिक हुन थालेका छन् । यसैबीच सांग्रिला डेभलपमेन्ट बैंकका तत्कालीन सीइओ राजेन्द्र प्रसाद पौडेलले बैंक तथा वित्तीय संस्था ऐन विपरित संचालकको सेयरलाई धितोबन्धक राख्न अनुमति दिएको खुलेको छ । २०७३ चैत्र ताका संचालक समितिको सदस्य छोडेका मधुसुधन शर्माले एक बर्ष नपुगी उनको संस्थापक सेयर धितो बन्दकमा राख्न नपाइने नियम बाफियामा स्पष्ट भएपनि २०७४- मङ्सिर १ गते बैंकले प्रभु बैंकका नाममा पत्र लेखी शर्माको सेयर बन्धकमा राख्न कुनैपनि आपत्ति नरहेको भनी पत्र लेखेको प्रमाण बैंकिङ संसार डटकमले फेला पारेको छ ।
हेर्नुहोस पत्र 
बाफिया मिचेर संस्थापक सेयरलाई धितोबन्धक राखियो !
बैंक तथा वित्तीय संस्थामा यस सम्बन्धि स्पष्ट व्यवस्था छ । धितोपत्र कारोबार गर्नेमा बन्देज शिर्षकमा भनिएको छ, ‘बैंक वा वित्तीय संथाको संचालक, कार्यकारी प्रमुख, लेखापरिक्षक, कम्पनी सचिव वा बैंक तथा वित्तीय संस्थाको व्यवस्थापन तथा लेखा सम्बन्धि कार्यमा र्पत्यक्ष रुपमा संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहंदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त मितिले सम्बन्धित बैंक तथा वित्तीय संस्थाको वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारको सदस्य वा कुनै पनि व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरिद विक्री गर्न नपाइने वा, धितोबन्धक राख्न वा राख्न लगाउन वा दाङ बकस लिन दिन हस्तान्तरण गर्न वा लेनदेन गर्न मिल्दैन ।’ तर यो व्यवस्था विपरित बैंकका पूर्व संचालकले संस्थापक सेयर प्रभु बैंकमा धितोबन्धक राखेका छन् भने उक्त काम गर्न तत्कालीन सीइओ राजेन्द्र प्रसाद पौडेलले अनुमति दिएका छन् । 
उनको सेयर प्रभु बैंकमा धितोबन्धक रहेको प्रमाण 
तर यस्ता प्रमाणबारे थाहा पाउँदा पाउँदै पनि नेपाल राष्ट्र बैंकले गलत काम गर्ने मधुसुधन शर्मा र यस्तो गलत काम गर्न अनुमति दिने राजेन्द्र प्रसाद पौडेललाई कारवाही गर्न सकेको छैन ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै