PRABHU BANK

नेपाल इन्भेष्टमेन्ट बैंकको एजिएम पुस २९ मा, यस्ता छन् पेस हुने प्रस्तावहरु

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंकले ४० प्रतिशत लाभांश पारित गर्न पुस २९ गते साधारण सभा बोलाएको छ । पुस १० गतेसम्म कायम सेयरधनीले यो लाभांश पाउनेछन् । बैंकले गत वर्षको नाफाबाट १८ प्रतिशत बोनस र २२ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । साधारण सभाका लागि बैंकले पुस ११ गते देखि बुक क्लोज गरेको छ ।
साधारण सभा राष्ट्रिय सभा गृहमा बिहान १० बजे सुरु हुनेछ । बैंकको आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७५/७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा हुनेछ ।
हाल यो बैंकको चुक्ता पुँजी १० अर्ब ६४ करोड ५५ लाख ९९ हजार रुपैयाँ छ । प्रस्तावित बोनस सेयरपछि चुक्ता पुँजी १२ अर्ब ५६ करोड १८ लाख ६ हजार ८२० रुपैयाँ पुग्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै