PRABHU BANK

प्यूठानबासीलाई खुसीको खबर, प्यूठानमै पुग्यो सन नेपाल लाइफ इन्स्योरेन्सको उपशाखा

काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्यूठान उपशाखा कार्यालयको उद्घाटन गरेको छ । साथै कम्पनीले ग्रामिण जनतामा बीमाको जनचेतना अभिबृद्धि गर्ने उद्देश्यका साथ बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम समेत सम्पन्न गरेको छ ।
कम्पनीका का. मु. प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रवन्धक कमल राज गौतमको सभापतित्वमा सम्पन्न भएको थियो । साथै कार्यक्रममा स्थानीय निकायका जनप्रतिनिधिहरु लगायत स्थानीय, समाजसेवी तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा कम्पनीका का. मु. प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्व तथा लाभका वारे प्रकाश पारेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै