PRABHU BANK

सानिमा इन्स्योरेन्सको साधारण सभा चैत ३ मा, यस्ता छन् पेस हुने एजेण्डाहरु

काठमाडौं – सानिमा इन्स्योरेन्सको साधारण सभा आइतबार (चैत ३ गते) हुने भएको छ । साधारण सभा होटल एलो पेगोडा, कान्तिपथमा बिहान ११ः३० बजे बस्ने छ । सभामा कम्पनीले नाम परिवर्तन गरी सानिमा जनरल इन्स्योरेन्स राख्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ ।
यस्तै नियमावलीमा संशोधन वा नियमनकारी निकायबाट आउन सक्ने निर्देशन अनुसार काम गर्न सञ्चालक समितिलाई अधिकार दिने विशेष प्रस्ताव पनि लगिनेछ र सञ्चालक समितिका अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन पारित गर्ने एजेन्डा पनि हुनेछ । संस्थापक समूहबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि छ ।
सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरुको बैठक भत्ता पनि अनुमोदन गर्ने एजेन्डा राखिएका छन् । अन्य उपसमितिका सदस्यहरुको बैठक भत्ता अनुमोदन गर्न पनि प्रस्ताव पेश हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै