कालीमाटीमा देवः विकास बैंकको नयाँ शाखा, विद्यासुन्दर शाक्यद्धारा उद्घाटन

काठमाडौँ – देवः विकास बैंक लि.ले काठमाडौं महानगरपालिका, वडा नं १३ स्थित कालीमाटीमा नयाँ शाखा सञ्चालन गरेको छ । शुक्रबार एक समारोह बीच शाखा कार्यालयको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरे ।
बैंक संचालक समितिका अध्यक्ष अवकास प्राप्त उपरथी बज्र गुरुङ्गको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा मन्तव्य दिंदै काठमाडौंं महानगरपालिकाका प्रमुख शाक्यले मेरो काठमाडौं मैले बनाउँछु भन्ने भावना सहित आर्थिक समृद्ध काठमाडौं निर्माणमा महानगरवासीसँग सहकार्य गर्ने र महानगरको आर्थिक एवम् सामाजिक विकासमा देवः विकास बैकले प्रभावकारी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए ।
कामर्यक्रममा स्वागत मन्तव्य दिंदै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद श्रेष्ठले स्थानीय निक्षेपकर्ता, व्यवसायी, उद्यमीहरुलाई सरल, सुलभ तथा सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्न तथा सेवाग्राहीहरुलाई सहज वित्तीय पहुँचका साथै निक्षेपकर्ता, स्थानिय व्यवसायी, उद्यमी, औद्योगिक तथा व्यवसायिक संघ संस्थासँग सुमधुर, प्रगाढ र व्यवसायिक सम्बन्ध बनाई आर्थिक गतिविधिको विकास र विस्तार गर्न सकारात्मक भूमिका निर्वाह गर्ने बताए ।
कार्यक्रममा काठमाडौं महानगरपालिका, वडा नं १३ का वडा अध्यक्ष ध्रुव नारायण मानन्धर लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्