DISH HOME

मकवानपुरको रजैयामा सिटिजन्स बैंकको एक्सटेन्सन काउन्टर, ८१ ठाउँमा शाखा सञ्जाल

काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका अन्तर्गत वडा नं.९ रजैयामा एक्सटेनसन काउन्टरको स्थापना गरेको छ । उक्त रजैया एक्सटेनसन काउन्टरबाट यस बैंकले उक्त क्षेत्रका ग्राहकहरुलाई बैंकले नगद जम्मा तथा भुक्तानी गर्ने, रेमिटेन्स भुक्तानी गर्ने तथा पठाउने, चेक क्लियरिङ गर्ने, एबिबिएस सुविधा लगायत विभिन्न बैंकिङ्ग सेवाहरु उपलब्ध गराउने छ ।
बैंकले हालसम्म ८१ वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु,घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवालगायत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै