PRABHU BANK

झापा र मोरङमा प्रभु बैंकको नयाँ शाखा विस्तार, दाहाल र फागोद्धारा उद्घाटन

काठमाडौँ – प्रभु बैंक लिमिटेडले झापा जिल्लाको चन्द्रगढी नगरपालिका वडा नं.७ र मोरङ्ग जिल्लाको उर्लाबारी नगरपालिका वडा नं. ७ मा सोमबार एकसाथ नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।
चन्द्रगढी शाखा कार्यालयको झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उद्घाटन गरे । त्यसैगरी, उर्लाबारी शाखा कार्यालयको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले उद्घाटन गरेका हुन् ।
सञ्चालनमा आएका चन्द्रगढी र उर्लाबारी शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका व्यवसायिक एवम् व्यापारिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै