ग्राहकको स्वास्थ्यलाई ध्यानमा राख्दै लक्ष्मी बैंकले शुरु गर्यो लक्ष्मी आरोग्य योजना, यस्ता छन् बिशेषताहरु

काठमाडौं – लक्ष्मी बैंकले आफ्ना ग्राहकहलाई स्वास्थ्य जीवन शैलीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले लक्ष्मी आरोग्य नामक स्वास्थ्य र आरोग्य सम्बन्धी कार्यक्रमको सुरुवात गरेको छ ।
लक्ष्मी बैंकमा खाता हुने सम्पूर्ण ग्राहकहरु समावेश हुन सक्ने यस योजना अन्तर्गत ग्राहकहरुले काठमाडौं उपत्यकाका विभिन्न ख्याति प्राप्त अस्पताल तथा स्वास्थ्य संस्थाहरुको सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।अस्पताल तथा स्वास्थ्य संस्थाहरुसँग गरिएको सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले साझेदार अस्पतालहरुमा २० प्रतिशतसम्म तथा आरोग्य केन्द्रहरुमा ३० प्रतिशतमा छुट प्राप्त गर्न सक्नेछन् ।
लक्ष्मी बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरेर समेत यो सुविधा प्राप्त गर्न सकिनेछ । यसका अतिरिक्त लक्ष्मी बैंकका ग्राहक तथा तीनका परिवारलाई आफ्नो सेवामा प्राथमिकता प्रदान गर्न समेत सहभागी अस्पताल तथा स्वास्थ्य केन्द्रहरु सहमत भएका छन् ।
हाल सम्म बैंकले ४६ जिल्लाहरुमा ९९ शाखा तथा ५ अस्पताल सेवा काउन्टर, १ सय १४ एटिएम तथा देशभर २५ सय विप्रेषण एजेन्ट तथा ५१ शाखारहित बैंकिंग एजेन्टहरु समावेश मार्फत ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्