काठमाडौं – ग्लोब आइएमई बैंकका कुनैपनि एटीएम, क्रेडिट तथा डेभिट कार्डहरु आज दिनभर (बिहिबार) नचल्ने बैंकले जनाएको छ । बिहीबार बिहान १० बजेदेखि राति ९ बजेसम्म कुनैपनि कार्डहरु नचल्ने बैंकले जनाएको हो ।
पूरानो प्रविधिको कार्ड सिस्टमलाई परिवर्तन गरी नयाँ प्रविधिको सिस्टम जोड्न लागिएकाले कुनैपनि कार्ड आज दिनभर नचल्ने बैंकले एक सूचनानामार्फत जानकारी दिएको हो ।