PRABHU BANK

एनएमबि बैंकको ३० लाख कित्ता ऋणपत्र भर्ने कहिलेसम्म छ म्याद ? १० वर्ष अवधि, १०% नै ब्याजदर

काठमाडौं – एनएमबि बैंकको ऋणपत्रमा आवेदन दिने आजसहित ५ दिन बाँकी रहेको छ । बैंकले बिहीबार (फागुन ३० गते) देखि ३ अर्ब रुपैयाँको ऋणपत्र खुला गरेको थियो । बैंकले १ हजार रुपैयाँ दरको कुल ३० लाख कित्ता ‘१०५ एनएमबि डिबेन्चर २०८५’ जारी गरेको हो । यसमध्ये ११ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
६० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याइएको छ । बाँकी १८ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गरिनेछ । एनएमबिको ऋणपत्र निष्कासनका लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।
यस ऋणपत्रले ‘इक्रा एनपी एलए माइनस’ रेटिङ पाएको छ । बैंकले यो ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर दिनेछ । ऋणपत्रको अवधि १० वर्षको हुनेछ । 
एनएमबि बैंकले लगानीकर्तालाई गत वर्षको कमाईबाट १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश दिएको थियो । बोनस सेयर वितरणपछि चुक्ता पुँजी ९ अर्ब ६१ करोड ८१ लाख ६२ हजार रुपैयाँ पुगेको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै