PRABHU BANK

एनसीसी बैंक र नेपाल इन्स्योरेन्सबीच सम्झौता, बैंकका विभिन्न शाखाबाट बीमा सेवा पाइने

 Ncc Bank

काठमाडौं – नेपाल क्रेडिट एण्ड कमर्स बैंक र नेपाल इन्स्योरेन्स कम्पनीबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सहकार्यात्मक सम्झौता भएको छ ।
उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नेपाल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतामा एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरूले नेपाल इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै