prabhu

सिभिल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदा

 Civil Bank

काठमाडौं – सिभिल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता भएको छ । सिभिल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोबार सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षार भएको हो ।उक्त सम्झौता पत्रमा बैंकक तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक राजन कुमार अमात्यले हस्ताक्षर गरे ।
सम्झौता अनुसार भाटभटेनी ग्रुप द्वारा प्रबर्दित भाटभटेनी मनी ट्रान्सफरको विप्रेषण सेवा सिभिल बैंकको ७२ वटा शाखाहरु बाट सहज रुपमा पैसा पठाउन र प्राप्त गर्न सकिनेछ साथै यो सेवा अब नेपालभरि रहेको सबै भाटभटेनी सुपर मार्केटहरुमा पनि छिट्टै उपलब्ध हुने छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै