PRABHU BANK

सिटिजन्स बैंकका सबै शाखाबाट महालक्ष्मी लाइफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमा सेवा पाइने !

 Citizens Bank
  • बैंकिङ संसार 
काठमाडौं – सिटिजन्स बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा सिटिजन्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौतापश्चात् सिटिजन्स बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बीमा लेख लिन, दावीभुक्तानी लगायत सम्पूर्ण बीमा सम्बन्धी सेवाहरु लिन सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै