DISH HOME

कुमारी बैंक लिमिटेडको १८औं वार्षिकोत्सवको अवसरमा विभिन्न शाखा कार्यालयहरुमा रक्तदान कार्यक्रम सम्पन्न

 Kumari Bank
  • बैंकिङ संसार 
काठमाडौं – कुमारी बैंकले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकको १८ औं वार्षिकोत्सवको सु–अवसरमा आफ्ना देशव्यापी शाखाहरुबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरुको आयोजना गरी आफ्नो लामो बैंकिङ इतिहासलाई भव्यताका रूपमा मनाएको हो ।
बैंकको कर्मचारी युनियनको नेतृत्वमा पुतलीसडक शाखामा आयोजना गरिएको रक्तदान कार्यक्रम सँगसँगै बैंकका नारायणगढ तथा ओखलढुंगा शाखामा पनि रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकको पाल्पा शाखाले पनि तानसेन नगरपालिका–७ स्थित श्री सरस्वती माध्यमिक विद्यालयका निम्न वर्गका जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री तथा रिडी शाखाले मानव कल्याण वृद्ध आश्रमका जेष्ठ नागरिकलाई कम्बल तथा खाद्यसामग्री वितरण गरेको छ । साथै, कोटेश्वर शाखाले स्थानीय महादेवस्थान मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । त्यसैगरी, बैंकको बिर्तामोड शाखाले सोही अवसर पारी सहारा नमस्ते बाल आश्रमका बालबालिकालाई जिन्सी सामग्री हस्तान्तरण गरेको छ ।
हालसम्म बैंकले ८८ शाखा सञ्जाल, ८३ एटिएम तथा २ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैकिङ सुविधाहरू प्रदान गर्दै आइरहेको बैंकले उक्त कार्यक्रमलाई सफल तूल्याउन संलग्न सम्पूर्णप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी तथा सेवामूलक कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै