PRABHU BANK

मितेरी डेभलपमेन्ट बैंकको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, खुद नाफा ८ करोड ४ लाख ३ हजार रुपैयाँ !

 Miteri Development Bank
  • बैंकिङ संसार 
काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा मितेरी डेभलपमेन्ट बैंकले खुद नाफा १०.३१ प्रतिशतले वृद्दि गरी ८ करोड ४ लाख ३ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ । गत वर्ष बैंकले ७ करोड २८ लाख ८८ हजार रुपैयाँ खुद नाफा आजृन गरेको थियो । 
यस्तै खुद ब्याज आम्दानी पनि २४.८९ प्रतिशतले बढेर १६ करोड ६ लाख १७ हजार रुपैयाँ पुगेको छ । यता, सञ्चालन नाफा पनि १०.३३ प्रतिशतले बढेर १२ करोड ६२ लाख ८५ हजार रुपैयाँ पुर्याएको छ ।  बैंकले तेस्रो त्रैमाससम्म ४ अर्ब ३२ करोड ४ लाख ७९ हजार रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ७८ करोड १० लाख ४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । 
बैंकको जगेडा कोषमा २०.४९ प्रतिशतले वृद्धि गरी १९ करोड २१ लाख २१ हजार रुपैयाँ जम्मा भएको छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ११ पैसाले घटेर १८ रुपेयाँ ३३ पैसामा झरेको छ । गत वर्ष सोही अवधिमा प्रतिसेयर आम्दानी १९ रुपैयाँ ४४ पैसा थियो । प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ८४ पैसा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै