PRABHU BANK

ग्लोबल आइएमई बैंकको नाफा १ अर्ब ८७ करोड २१ लाख २४ हजार, प्रतिसेयर आम्दानी २४ रुपैयाँ २१ पैसा…!

 global ime bank
  • बैंकिङ संसार 
काठमाडौं – ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ८७ करोड २१ लाख २४ हजार रुपैयाँ नाफा कमाएको छ । सो नाफा गत वर्ष सोही अवधिको तुलनामा ९३२.५६ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ४१ करोड २२ लाख ९१ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 
यस्तै बैंकले खुद ब्याज आम्दानी पनि ४२.२३ प्रतिशतले बढाएर ३ अर्ब ६८ करोड ७९ लाख ४५ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । यता सञ्चालन नाफा पनि ३१.७८ प्रतिशतले बढाएर २ अर्ब १ करोड ९९ लाख ३९ हजार रुपैयाँ पुर्याएको छ । बैंकले १ अर्ब १६ अर्ब ९४ करोड ३१ लख ६४ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४ अर्ब ८५ करोड ५ लाख १० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बैंकको रिजर्भ कोषमा २ अर्ब ७३ करोड ११ लाख ७८ हजार रुपैयाँ जम्मा भएको छ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ २१ पैसा छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै