prabhu

ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा थप ६ वटा शाखारहित बैंकिङ सेवा सञ्चालन, १ सय ४५ स्थानमा एटिएम सेवा

 global ime bank
  • बैंकिङ संसार
काठमाडौँ – ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप ६ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले रोल्पा जिल्लाको सुनिल स्मृति गाउँपालिका–७, तेबाङ्गमा १३३औँ, कैलाली जिल्लाको बर्दगोरीया गाउँपालिका–४, मुढा बजारमा १३४ औँ, बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग नगरपालिका–१४, हटियामा १३५औँ, सिराहा जिल्लाको अर्नामा गाउँपालिका–३, रामजानकी बजारमा १३६औँ, पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिका –४, देवीनगरमा १३७ औँ र बाग्लुङ्ग जिल्लाको काठेखोला गाउँपालिका–७, रेश नुन्थलामा १३८ औँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो ।
यी शाखारहित बैंकिङ्ग सेवाहरु स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा उद्घाटन गरिएको बैंकले जनाएको छ । साथै बैंकले अत्तरीया शाखामा १४५औं एटिएम पनि सञ्चालनमा ल्याएको जनाएको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा  रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिस होमरसीडीएमएरयूटीएलरएनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्ने जनाइएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै