- बैंकिङ संसार
काठमाडौँ – ग्लोबल आइएमई बैंक लि. र सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लि.बीच सम्झौता भएको छ ।
सम्झौतापत्रमा हस्ताक्षरपछि ग्लोबल आईएमई बैंक लि. का १३७ वटै शाखाहरु मार्फत सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लि.को जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवनबीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्राप्त गर्न सकिनेछ ।
उक्त सम्झौता पत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र सूर्यलाइफ इन्सुरेन्स कम्पनी लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन् ।