PRABHU BANK

झापाको अर्जुनधारामा पुग्यो सिभिल बैंकको शाखा, कुल शाखा संख्या ७४ पुग्यो

civil bank
  • बैंकिङ संसार
काठमाडौँ – सिभिल बैंकले झापा जिल्लाको अर्जूनधारामा शाखा संचालन गरेको छ । सो शाखाको अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राना मगरले उद्घाटन गरे ।
उक्त कार्यक्रममा प्रमुख अतिथि तथा अर्जूनधारा नगरपालिकाका मेयर राना मगरद्वारा “अपाङ्ग बाल शिक्षा सरोकार केन्द्र”का बालबालिकाहरुलाई स्कुल पोशाक समेत हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा बैंकका प्रमुख माईक्रो बैकिङ युवराज गुरागाईं, सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रीय प्रबन्धक सन्तोषकुमार बुढाथोकी लगायत सो क्षेत्रका राजनीतिक ब्यक्तित्व उद्योगी, व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो । सिभिल बैंकको अर्जूनधारा शाखासहित कूल शाखा संख्या ७४ पुगेको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै