PRABHU BANK

सिद्धार्थ बैंकको दुई शाखा र एक शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा, एक सय ५६ स्थानमा पुग्यो शाखा सञ्जाल !

siddhartha bank

  • बैंकिङ संसार 
काठमाडौं – सिद्धार्थ बैंकले दोलखाको चरिकोट र रामेछापको गोकुलगंगामा दुई शाखा र एक शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ।
बैंकको चरिकोट शाखाको उद्घाटन भिमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसी, शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन बैंकका प्रबर्धक सेयरधनी आत्मकृष्ण श्रेष्ठले र गोकुलगंगा शाखाको उद्घाटन गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले गरे।
बैंकले देशभरि एक सय ५६ शाखा (चार एक्स्टेन्सन् काउन्टर सहित), एक सय शाखारहित बैंकिङ्ग सेवा, एक सय ६९ एटिएम र १३ सय बढी पियोएस मेसिन छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै