PRABHU BANK

हिमालयन बैंक लिमिटेडद्धारा “हेल्पिङ्ग ह्यान्ड्स चिल्ड्रेन होम”का अनाथ बालबालिकाहरुलाई सहयोग

 himalayan bank
  • बैंकिङ संसार
काठमाडौं – हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नागार्जुन न.पा. वार्ड नम्बर ५ सीतापाईला आदेश्वरमा रहेको “हेल्पिङ्ग ह्यान्ड्स चिल्ड्रेन होम”का वालवालिकाहरुलाई सहयोग प्रदान गरेको छ ।
बैंकको महाप्रबन्धक सुशील जोशीले चिल्ड्रेन होमका २४ जना बालबालिकाहरुका लागि जुत्ता, खाद्यान्न (चामल, दाल, खाने तेल आदि), सावुन र खाना पकाउने ग्याँस प्रदान गरेको हुन् ।
चिल्ड्रेन होमले देशका विभिन्न स्थानका विभिन्न उमेर समुहका अनाथ बालबालिकाहरुलाई आश्रय तथा उचित शिक्षा प्रदान गर्ने प्रबन्ध मिलाएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै