सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा’

 siddhartha bank
  • बैंकिङ संसार 
काठमाडौँ – सिद्धार्थ बैंक लिमिटेडले ‘‘सिद्धार्थ उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा’ ल्याएको छ । उक्त कर्जाको कार्यान्वयनको लागि सिद्धार्थ बैंक लिमिटेड र कलेज अफ अप्लाइड फूड एण्ड डेरी टेक्नोलोजि कलेजबीच बैंकिङ सम्झौता भएको छ ।
सम्झौताअनुसार काठमाडौं स्थित मिनभवनमा रहेको उक्त कलेजमा फूड तथा डेरी टेक्नोलोनीमा स्नातक तथा स्नातकोत्तर गर्न चाहने विद्यार्थीहरुलाई बैंकले कुनै अन्य शुल्क नलाग्ने गरी आधार दरमा २५ मात्र प्रिमियम जोडी हुन आउने ब्याज दरमा शैक्षिक कर्जा प्रवाह गरिने छ ।
उक्त ब्याज दरमा नेपाल राष्ट्र बैंकद्वारा ५ प्रतिशत सहुलियत प्रदान गरिनेछ । बैंकले उच्च शिक्षा हासिल गर्दै स्वदेश मै शिक्षा तथा रोजगारीमा प्रोत्साहन गर्न यस्तो प्रकारको कर्जा सुविधा सिद्धार्थ बैंक लिमिटेडका सम्पूर्ण शाखाहरु मार्फत उपलव्ध गराउने जनाएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्