PRABHU BANK

सबैको लघुवित्त वित्तीय संस्थाले ५ लाख ३० हजार कित्ता आइपीओ बिक्री गर्ने, धितोपत्र बोर्डले दियो अनुमति !

 sabaiko lahgubitta
  • बैंकिङ संसार
काठमाडौं – सबैको लघुवित्त वित्तीय संस्थाले ५ लाख ३० हजार कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । संस्थालाई प्रतिकिता १०० रुपैयाँको दरले ५ करोड ३० लाख रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको हो ।
यस संस्थाको आइपीओले ‘ग्रेड ४’ रेटिङ पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले आइपीओलाई औसत भन्दा कम आधार जनाउने रेटिङ दिएको हो । सबैको लघुवित्तको अधिकृत पुँजी २० करोड रुपैयाँ रहेको छ । हाल यसको चुक्ता पुँजी ११ करोड २० लाख रुपैयाँ छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी १६ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।
यस आइपीओमा एनआइबीएल एस क्यापिटले बिक्री प्रबन्धकको काम गर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै