बनेपा र कुशादेवीमा देवः विकास बैंक लिमिटेडको नयाँ शाखा विस्तार, शिवराज श्रेष्ठ र बज्र गुरुङद्वारा उद्घाटन…!

 deva bikash bank
  • बैंकिङ संसार
काठमाडौँ – देवः विकास बैंक लि.ले बनेपा नगरपालिकाको बनेपा बजारमा शाखा बिस्तार गरेको छ । शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले एक समारोहका बीच उद्घाटन गरे ।
बैंक सञ्चालक समितिका अध्यक्ष बज्र गुरुङको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य दिनुहुँदै बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले एक दशक अगाडि बनेपा एक्सटेन्सन काउण्टरबाट सेवा प्रदान गर्न शुरु गरेको बैंकले यस क्षेत्रमा बढ्दै गएको आर्थिक गतिविधिलाई मध्यनजर गरी एक्सटेन्सन काउण्टरलाई शाखामा स्तरोन्नती गरिएको बताए ।
यसैगरी, पनौति नगरपालिका, वढा नं ०२, कुशादेवीमा आयोजित अर्को समारोहमा कुशादेवी शाखा कार्यालयको देवः विकास बैंक लि., संचालक समितिका अध्यक्ष बज्र गुरुङले उद्घाटन गरे । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले ग्रामीण तथा पहाडी क्षेत्रका सेवाग्राहीहरुमा वित्तीय पहुँच पुर्याउन र स्थानीय उत्पादकत्व बढाउन कुशादेवी शाखाबाट सहयोग पुग्ने बताए ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्