MAX TIGER

नेरूडे मिर्मिरे लघुवित्तको व्यवसाय अभिवृद्धि तथा कर्जा असुली तालिम सम्पन्न

काठमाडौँ। नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको मधेश प्रदेश अन्तर्गत लाहान क्लष्टरका फिल्ड कर्मचारीहरूका लागि आयोजित ‘व्यवसाय अभिवृद्धि तथा कर्जा असुली तालिम’ सम्पन्न भएको छ।

मंसिर ९ गतेदेखि सुरु भएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानप्रति ऐक्यबद्धता जनाउँदै तालिमको सुरुवात गरिएको थियो। कार्यक्रममा सहभागी सम्पूर्ण कर्मचारी तथा पदाधिकारीहरूले अभियानको जानकारी लिँदै यस वर्षको राष्ट्रिय नारा ‘पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ प्रति प्रतिबद्धता व्यक्त गर्न सेतो रिबन लगाएका थिए।

कार्यक्रममा संस्थाका कर्जा विभाग प्रमुख घनश्याम चौधरी तथा जनशक्ति व्यवस्थापन एवं योजना तथा अनुसन्धान विभाग प्रमुख राजेश श्रेष्ठले प्रशिक्षण प्रदान गरेका थिए । प्रशिक्षकद्वयले व्यवसाय विस्तारका आधुनिक रणनीति, प्रभावकारी कर्जा असुलीका उपाय, कार्य संस्कृति र सदस्यसँगको व्यावसायिक आचरणका विषयमा सहजीकरण गर्नुभएको थियो। तालिमका प्रमुख अतिथि एवं संस्थाका सहायक प्रमुख कार्यकारी अधिकृत बिर्खबहादुर बोहराले प्रशिक्षणमा सिकेका सीप र ज्ञानलाई फिल्डको व्यवहारमा उतार्दै संस्थाको लक्ष्य हासिल गर्न शुभकामना व्यक्त गरे।

संस्थाले चालु वर्षलाई ‘केन्द्र पुन:स्थापना वर्ष’ का रूपमा अघि बढाएको स्मरण गराउँदै उनले हरेक केन्द्रमा सदस्यहरूसँग सम्मानजनक व्यवहार गरी कार्यक्रम सञ्चालन गर्न निर्देशन दिए । कार्यक्रमका सभाध्यक्ष एवं मधेश प्रदेश प्रमुख रामकिशोर चौधरीले बदलँदो परिवेशमा लघुवित्त कार्यक्रमलाई पूर्णत: सदस्यमैत्री बनाउँदै सदस्यहरूलाई सम्मानपूर्वक व्यवहार गरेर सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए।

तालिमको अन्त्यमा सहभागी फिल्ड कर्मचारीहरूले दैनिक रूपमा अध्ययन संस्कृतिको विकास गर्ने, सदस्यमैत्री व्यवहार अपनाउने र आफ्नो व्यावसायिक लक्ष्यप्रति पूर्ण जवाफदेही भएर कार्यसम्पादन गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन्। लाहान क्लष्टर प्रमुख आजाद आलमले सहजीकरण एवं सञ्चालन गर्नुभएको उक्त कार्यक्रमले मधेश प्रदेशका फिल्ड कर्मचारीहरूमा नयाँ ऊर्जा र व्यावसायिक आत्मविश्वास थपेको संस्थाले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्