नेपाल इन्भेष्टमेण्ट बैंक र जेबिल्स फाइनान्सको एकीकृत कारोबार असार ३० देखि हुने !

 nepal investment bank
  • बैंकिङ संसार
काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंक र जेबिल्स फाइनान्सको सोमबार (असार ३० गते) देखि एकीकृत कारोबार सुरु हुने भएको छ । यी दुई कम्पनीले असार ६ गतेको विशेष साधारण सभाबाट मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए । 
यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले १००ः३३ सेयर स्वाप रेसियोमा जेबिल्स फाइनान्सलाई एक्वायर गरेको हो । जेबिल्स फाइनान्सको १०० कित्ता सेयर हुनेले नेपाल इन्भेष्टमेन्ट बैंकको ३३ कित्ता सेयर प्राप्त गर्नेछन्।
एक्विजिसनपश्चात् नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको केन्द्रीय कार्यालय साविकै काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं १, दरबारमार्गमा रहने कम्पनीले जनाएको छ । एकीकृत कारोबार नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको नामबाट हुनेछ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्